राजनीति


उखु किसानलाई भुक्तानी नदिने राकेश अग्रवाललाई पक्राउ गर्न प्रहरीलाई गृहको पत्र

उखु किसानलाई भुक्तानी नदिने राकेश अग्रवाललाई पक्राउ गर्न प्रहरीलाई गृहको पत्र

दीपक खरेल
पुस १५, २०७६ मंगलबार ७:५२,

उखु किसानलाई भुक्तानी नदिने चिनी उद्योगका सञ्चालकलाई तत्काल सम्पर्कमा ल्याउन प्रहरीलाई गृह मन्त्रालयले पत्र काटेको छ।

गृह मन्त्रालयले उखु किसानको भुक्तानी नदिने इन्दिरा सुगर एन्ड एग्रो ईं प्रा.लि. र अन्नपूर्ण सुगर एन्ड जनरल ईं प्रा.लिका सञ्चालक राकेशकुमार अग्रवाललाई सम्पर्कमा ल्याउन सोमबार प्रहरीलाई पत्र काटेको हो।

गृहले अग्रवाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा) मा तत्काल उपस्थित गराउन आदेश दिएको हो।

यसअघि गत आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाले गृह मन्त्रालयलाई उखु किसानको पैसा नतिर्ने उद्योगीलाई सम्पर्कमा ल्याइदिन आग्रहसहितको पत्राचार गरेको थियो।

पत्रमा महाशाखाले चिनी उद्योगहरुलाई किसानले उखु उपलब्ध गराए पनि त्यसबापतको भुक्तानी किसानले नपाएको र भुक्तानी रकमको ठूलो परिमाणमा बक्याैता रहेको उल्लेख छ।

पत्रमा भनिएको छ, ‘चिनी उद्योगीहरुले किसानलाई तिर्नुपर्ने बाँकी बक्यौता रकमको विषयमा छलफल गरी समस्या समाधान गर्न यस (उद्योग) मन्त्रालयबाट पटक पटक उखु किसान र चिनी उद्योगीहरुको सहभागितामा आवश्यक सहजीकरण, समन्वय तथा छलफल भई बक्यौता तिराउन पहल भएअनुसार केही चिनी उद्योगीले क्रमशः किसानको भुक्तानी गर्दै आए पनि इन्दिरा सुगर एण्ड एग्रो ई. प्रालि र अन्नपूर्ण सुगर एण्ड जनरल ई.प्रा.लि.का सञ्चालक तथा प्रोपाइटर राकेश कुमार अग्रवाललाई सम्पर्क गर्न नसकेकोले मन्त्रालय(गृह)बाट सम्पर्कमा ल्याई सहजीकरण गरिदिन निर्णयअनुसार अनुरोध छ।’

त्यस्तै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पनि उखु किसानको रकम भुक्तानी नगर्ने चिनी उद्योगहरुमाथि कानुनी कारबाही अघि बढाउन साेमबार गृह मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको थियाे।

को हुन् राकेश अग्रवाल?
rakesh agrawal chini
किसानकाे बक्याैता नतिर्ने चिनी उद्याेगी राकेश अग्रवाल
अन्नपूर्ण सुगर मिल तथा इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालले किसानको उखुको भुक्तानी रकम ३ वर्षदेखि दिएका छैनन्। इन्दिरा सुगर मिलतर्फको ४० करोड रकम उनले किसानलाई नदिएका हुन्। त्यस्तै इन्दिरा सुगर मिलतर्फको १० करोड रुपैयाँ किसानहरुले पाएका छैनन्।

विगत वर्षहरुमा किसानलाई सरकारले दिने अनुदान समेत उनले आजसम्म दिएका छैनन्। सरकारले किसानलाई दिने अनुदान उद्योगीमार्फत दिने प्रचलन गत वर्षसम्म थियो। गत वर्षदेखि सरकारी निकायमार्फत नै किसानलाई सिधै अनुदान दिने नीति लिइएको छ।

अग्रवालले सरकारले किसानलाई दिएको करिब दुई वर्षको अनुदान अझै दिएको छैनन्। 

मुख्य खेती उखु नै रहेको र उखुबाट नै जीविकोपार्जन गर्दै आएका किसानहरु तीन वर्षसम्म आफ्नो उखुको पैसा नपाएपछि अहिले आन्दोलित बनेका छन्। यतिबेला पीडित किसानहरु काठमाडौंमै धर्ना दिन आएका छन्। संघीय राजधानीमै आन्दोलन सुरु गरेपछि सरकारले बक्यौता राख्ने र किसानको अनुदान समेत नदिने चिनी उद्योगीमाथि कारबाही थालेको हो।

अन्नपूर्ण र इन्दिराको बाहेक चिनी मिलहरु श्रीराम सुगर मिलको ४२ करोड, लुम्बिनी सुगर मिलको १० करोड, महालक्ष्मी सुगर मिलको २० करोड, वाग्मती सुगर मिलको ११ करोड बक्यौता अझै बाँकी छ।

याे पनिः 
१ उखु किसानको समस्या समाधान गर : मानवअधिकार आयोग
२ उखुको मूल्य नतिर्ने उद्योगीलाई कारबाही गर्न गृहलाई कृषि मन्त्रालयको पत्र
३ उद्योग समितिको निर्देशन: उखु किसानको पैसा नदिने उद्योगीलाई कारबाही गर
४ उखुको मूल्य माग्दै सर्लाहीका किसानको माइतीघरमा धर्ना (फोटोफिचर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad