पूर्वप्रधानमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज भारत भ्रमणमा जाँदैछन्।
उनी भारतीय कम्युनिष्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै भारत जान लागेका छन्।
बिहीबार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि उनी भारत भ्रमणमा जान लागेका हुन्।
33
Shares
प्रतिक्रिया