राजनीति


आज जनयुद्ध दिवस, देशभर सार्वजनिक बिदा

आज जनयुद्ध दिवस, देशभर सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०७९ सोमबार ६:५०, काठमाडौँ

सरकारले आज फागुन १ गते पर्ने जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ। 

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले फागुन १ गते (आज) जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको हो।

वि‍. सं. २०५२ फागुन १ गते सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। 

त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको सरकारको निष्कर्ष छ। 

गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका भन्दै बिदा दिइएको हो। 

जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउने गरेको छ। 

परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक बिदा दिइएको जनाएको छ।

यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो। 

फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि विभिन्न पालिका तथा कर्णाली र बागमती प्रदेश सरकारले गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad