नेपाल विद्यार्थी संघ रसुवाको १२औं अधिवेशन सम्पन्न भएको छ। यो सँगै रसुवा जिल्ला नेविसंघको देशभरकै पहिलो अधिवेशन गराउने जिल्ला भएको छ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले तीन महिनाको समय सिमा दिँदै ३५ वटा जिल्लालाई अधिवेशन गर्न निर्देशन दिएका थिए।
सो अनुसार रसुवामा देशकै पहिलो अधिवेशन भएको हो।
लामो समयदेखि हुन नसकेको जिल्ला अधिवेशन प्रमुख अतिथि माननीय ई मोहन आचार्य, विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधि सरोज तिमल्सिनाको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो।
सालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष कपिल पौडेल तथा अन्य पदाधिकारीहरु सर्वसम्मत चयन भएको नेपाल विद्यार्थी संघका नेता सुशान्त सिटौलाले जानकारी दिए।
अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिती तथा प्रदेश प्रतिनिधिमा अध्यक्षमा कपिल पौडेल, उप–अध्यक्षहरुमा, बुद्ध श्रेष्ठ, हस्तबहादुर तामाङ, प्रेम लोप्चन तामाङ, सुशील घिमिरे र अर्जुन घले रहेका छन्।
त्यस्तैगरी सचीवमा डि।बि तामाङ र सहसचिवहरुमा नेमराज तामाङ, सबिन तामाङ, सुन्दर अधिकारी, राकेश देबकोटा, प्रगति तामाङ र मनिषा लामा चयन भएका छन्। कोषअध्यक्षमा सोजित तामाङ र सह–कोषअध्यक्षमा बालकृष्ण गुरुङ चयन भएका छन्।
Shares

प्रतिक्रिया