राजनीति


सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का दियौं, यो सुरुवात मात्रै हो : माधव नेपाल

सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का दियौं, यो सुरुवात मात्रै हो : माधव नेपाल

फाइल।


नेपालखबर
माघ २८, २०७९ शनिबार १५:१८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परिरहेको बताएका छन्। 

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

सत्तारुढ दल नेकपा एमालेप्रति इंगित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको उनले दाबी गरे। 

‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ। प्रत्येक व्यक्तिहरु म राष्ट्रपति हुने हो भनेर दंग परेका छन्। किनभने दंग पारिएको छ’, उनले भने, ‘सबैलाई राष्ट्रपति पद दिइएको छ। भइहालेँ भन्ने परिरहेको छ। को–को सेन्टीफ्ल्याट खाने हो थाहा छैन।’

अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरुलाई देखाइदिएको बताउँदै आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने बताए। 

‘नेपालको राजनीति यही ढंगले अघि बढिरहेको छ। मैले संकेत मात्रै गरेको हो’, उनले भने, ‘हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भूमिका छ। के भूल्य छ, यिनीहरुको भन्नेहरु भन्दै गरुन्, हण्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भूमिका खेल्छौँ। हामी कसैको पक्षपोषण गर्दैनौँ।’

अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दुषित रहेको बताए। आफ्नो पार्टी केही होइन भन्नेहरुलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको समेत बताए। 

आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरुलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताए।

‘किन नेपालको अहिलेको राष्ट्रिय परिस्थिति कलकल नदीमा बगिरहेको खोलामा बगिइरहेको पानी जस्तो छैन। यथास्थिति रहँदैन। सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ?’, अध्यक्ष नेपालले प्रश्न गर्दै भने, ‘एउटा नेपाली कांग्रेस, अर्को (एकीकृत समाजवादी) छ। यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ। ठूलो धक्का एमाले पार्टीलाई परेको छ। त्यो पहिलो सुरुवात हो।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेको लागि धक्का भएको दाबी समेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad