ad ad

राजनीति


देशको नेतृत्व पुरानै गठबन्धनको हातमा आउने सम्भावना छ : प्रकाशमान

देशको नेतृत्व पुरानै गठबन्धनको हातमा आउने सम्भावना छ : प्रकाशमान

नेपालखबर
माघ २८, २०७९ शनिबार १४:३९, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि यो सरकार कायम रहनेमा आशंका व्यक्त गरेका छन्। शनिबार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उनको आसय थियो।

उनले भने,‘ दलहरुले धरातलीय यथार्थलाई चाँडो बिर्सिए। संविधानको अक्षरस पालना गर्नुका साथै सबै तहका सरकारलाई अधिकार दिनुपर्छ। सबैले मिलेर राष्ट्रनिर्माण गर्नुपर्छ,त्यो क्षमता कांग्रेससँग पनि छ। नेपाली कांग्रेस सत्तामा जानै पर्छ भन्ने छैन। आएको जिम्मेवारी हामी बहन गर्छोँ।’

बहुदलीय व्यवस्था रहेको नेपालको शासन प्रणालीमा अरु राजनीतिक दलले सत्ता संचालन गर्दा संघीयता कार्यान्वयनमा चासो कम दिने र नेपाली कांग्रेसले उठाउदै आएको मुद्दालाई कमजोर पार्ने खेल मात्रै भएको सिंहले टिप्पणी गरे।

जनताको अभिमतबाट बनाइएको संविधान बचाउन र अक्षरश कार्यान्वयन गर्न निर्वाचनमा पनि गठबन्धन गरेर गएको स्मरण गराउँदै लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि निरन्तर लागि रहने बताए।

मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा धारणा राख्दै अहिलेको गठबन्धन दिगो रुपमा जान नसक्ने उनले तर्क गरे।

सुदूरपश्चिम प्रदेश सरकार ढलेजस्तै अरु ठाउँमा पनि स्थिति असहज बन्दै गएको हुँदा देशको नेतृत्व पुरानै गठबन्धनको हातमा आउन सक्ने सम्भावना बढ्दै गएको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .