राजनीति


स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न सक्दैन : झलनाथ खनाल

स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न सक्दैन : झलनाथ खनाल

विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल। तस्बिरः मनोज दाहाल/रासस


नेपालखबर
माघ २८, २०७९ शनिबार १४:४४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न नसक्ने टिप्पणी गरेका हुन्। 

‘स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन्।’ खनालले भने।

उनले संविधानले परिकल्पना गरेको मापदण्डमा आधारित भएर राम्रो राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा सहमति कायम हुनसक्ने विचार व्यक्त गरे।

नेता खनालले राष्ट्रपति पदमा पार्टीले उम्मेदवार दिने सम्बन्धमा धेरै नसोचेको पनि बताए। उनले वर्तमान सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी नहुने प्रष्ट पारे।

समाजवाद पक्षधरका शक्तिबीच एकताबद्ध भएर मुलुकलाई समाजवादतर्फ लैजान मोर्चा निर्माण गरी जाने सम्बन्धमा आवश्यक छलफल भइरहेको जानकारी पनि उनले दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad