इराक र सिरियामा सिया मिलिसियामाथि आक्रमण गरेपछि अमेरिकाले आतकंवादलाई समर्थन गरेको आरोप इरानले लगाएको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार इरान समर्थित मिलिसियालाई लक्षित गरी आक्रमण गरिएको बताएको थियो।
यो आक्रमण्मा कतैब हेजबुल्लाहका कमान्डरहरु मारिएको जनाइएको छ।
‘इस्लामिक स्टेटविरुद्ध लडिरहेका छौँ भनेर अमेरिकाले गर्ने दाबीलाई यो आक्रमणले एक पटक फेरि गलत साबित गरिदिएको छ,’ इरान सरकारका प्रवक्ता अब्बास मौसभीले बताए, ‘अमेरिकाले आतंकवादप्रति जोरदार समर्थन देखाएको छ।’
गत वर्ष इरानसँगको बहुपक्षीय आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि यी दुई देशबीच तनाव बढ्दै गएको छ। एजेन्सी
प्रतिक्रिया