ad ad

खेल


ए डिभिजन लिगमा फ्रेन्ड्सले खाता खाेल्दा मनाङकाे पहिलाे बराबरी

ए डिभिजन लिगमा फ्रेन्ड्सले खाता खाेल्दा मनाङकाे पहिलाे बराबरी

नेपालखबर
पुस १४, २०७६ सोमबार ११:३७,

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सिग्नेचर मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन्। ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो खेलमा फ्रेण्ड्सले मनाङसँग बराबरी खेलेको हो।

यो बराबरीले लिगमा मनाङको १० अंक भएको छ भने क्लब पुनः शीर्ष स्थानमा उक्लिएको छ। अंक तालिकाको पुछारमा रहेको फ्रेण्ड्सले पहिलो १ अंक जोडेको छ। सुरुवाती ३ खेल गुमाएको मनाङलाई बराबरीमा रोकेको हो। तिनै खेलमा जित हात पारेको मनाङले लिगमा पहिलो बराबरी गरेको हो।

friends club teamफ्रेन्ड्स क्लबकाे मुख्य टाेली

पहिलो हाफको ११औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाए। जगजित श्रेष्ठको कर्नरमा रन्जनको ६ यार्ड बक्सभित्रको फ्लिक हेडर गोलमा परिणत भएको थियो। खेलको ६२ औं मिनेटमा उत्तम राईले गोल गर्दै फ्रेण्ड्सलाई बराबरीमा ल्याए। १७ औं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारीको प्रहार मनाङका गोलरक्षक दिप कार्कीले मुस्किलले बचाए।

३४औं मिनेटमा फ्रेन्ड्सले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई मतलव नै गरेनन्। लुइस भिडालले फिलिपे डि सौजालाई पेनाल्टी बक्समा फल गरेको थिए। पहिलो हाफको इन्ज्युरी समयमा फ्रेन्ड्सले बराबरीको सुन्दर मौका खेर फाल्यो। प्रिजेन तामाङको प्रहार डिफेन्डरले गोललाइन नजिकबाट क्लियर गरेका थिए।

लिगमा मगंलबार च्यासल युथ क्लव र जावलाखेल युथ क्लव तथा हिमालयन शेर्पा र ब्रिगेड ब्वाईज भिड्नेछन्। दुवै खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .