राजनीति


नेपालमा अमेरिकी सक्रियताबीच भारतीय विदेश सचिव क्वात्रा सोमबार काठमाडौँ आउँदै

नेपालमा अमेरिकी सक्रियताबीच भारतीय विदेश सचिव क्वात्रा सोमबार काठमाडौँ आउँदै

फाइल तस्बिर : भारतीय विदेश सचिव विनयमोहन क्वात्रा


नेपालखबर
माघ २७, २०७९ शुक्रबार ८:५१, काठमाडौँ

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा आगामी सोमबार नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार क्वात्रा दुईदिने भ्रमणमा काठमाडौँ आउन लागेका हुन्। 

अमेरिकाले नेपालमा राजनीतिक सक्रियता बढाएका बेला छिमेकी भारतका तर्फबाट पनि भ्रमण तय भएको हो। राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड अघिल्लो साता नेपाल भ्रमण गरेर फर्केलगत्तै यही साता अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावर नेपाल आइन्।

त्यसैगरी आउने सोमबार अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर पनि नेपाल आउने तय भएको छ। क्वात्रा आएकै दिन अख्तर पनि काठमाडौँ उत्रनेछिन्।

यही हप्ता अमेरिकाकै रणनीतिक साझेदार एवम् क्षेत्रीय संगठन युरोपेली संघ (ईयू) की अन्तर्राष्ट्रिय सहकार्य हेर्ने आयुक्त जुटा उर्पिलाइनेन बुधबार एकदिने भ्रमण सकेर फर्किइन्।

अमेरिका र युरोपबाट तारन्तार भ्रमण भएपछि नयाँ दिल्ली सशंकित बनेको बताइन्छ। 

‘भारतीय विदेश सचिवको भ्रमणको तयारी भइरहेको छ। आज घोषणा हुनेछ’, मन्त्रालय स्रोतले भन्यो। 

गत पुसमा प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएयया नेपाल आउन लागेका क्वात्रा उच्च भारतीय अधिकारी हुन्। परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा क्वात्रा नेपाल आउने भएका हुन्। 

पौड्याल क्वात्राको निमन्त्रणामा गत सेप्टेम्बर १३ र १४ मा भारत यात्रामा गएका थिए। नेपालमा रहँदा क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग भेट्नेछन्। 

क्वात्राको भ्रमणमा प्रधानमन्त्री प्रचण्डको सम्भावित भारत भ्रमणबारे  पनि कुरा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad