स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका छन्।
उनले आज अपरान्ह स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्री पदम गिरी समक्ष राजीनामा बुझाएका हुन्।
पूर्वस्वास्थ्य सचिव समेत रहेका उप्रेतीलाई सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
नीतिगत व्यवस्थापकीय कारणले गर्दा बीमा प्रभावकारी तरीकाले अघि बढ्न नसकेपछि पदबाट राजीनामा दिएको डा. उप्रेतीले जानकारी दिए।
54
Shares

प्रतिक्रिया