राजनीति


राप्रपा नेपालले चाँडै सडक आन्दोलन थाल्ने कमल थापाको घोषणा

राप्रपा नेपालले चाँडै सडक आन्दोलन थाल्ने कमल थापाको घोषणा

नेपालखबर
माघ २३ , काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले विदेशी चलखेल र प्रभाव बढेको बताएका छन्। 

स्थिरता, समृद्धि र परिवर्तनका लागि जनताले मतदानबाट छनौट गरेका दलहरुले सत्ताको छिनाझपटीमा केन्द्रित गर्दा मुलुक थप सड्ढटग्रस्त बनेको थापाले बताए। 

सत्ताको फोहरी खेलमा लिप्त भई दलहरुबाट विदेशी प्रभाव र चलखेललाई आमन्त्रण गरिनु दुर्भाग्यपूर्ण भएको उनले बताए। 

आफू सत्तामा पुग्न र टिक्न विदेशी शक्तिको आशीर्वाद खोज्ने प्रवृत्तिको अन्त्य अहिलेको आवश्यकता भएको उनको जिकिर थियो। 

काम गरेर बाँच्न सकिने अवस्था नभएको, दिनप्रतिदिन अर्थतन्त्र कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै थापाले समस्याको समाधान गर्न भन्दा थप ब्रम्हलुट गर्न राज्यसत्ता अग्रसर भएबाट मुलुक संकटको दलदलमा भासिएको बताए।  

स्पष्ट विचार र अलग पहिचानसहित राष्ट्रिय राजनीतिमा स्थापित हुन तथा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको विषयलाई जोडदार उठाउन राप्रपा नेपाल चाँडै सडकमा आउने उनले जानकारी दिए। 

 पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन उनले नेता कार्यकर्तालाई निर्देशन समेत दिए।

त्यस अवसरमा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला, केशवराज श्रेष्ठ काठमाडौं अध्यक्ष श्याम घिमिरे, महानगर अध्यक्ष दिनेश नापित लगायतले बोलेका थिए।

माघ २३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.