नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्। राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारे।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ।’
फरक प्रसंगमा उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताए। लोकतन्त्रबिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए।
‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशीलता चाहिन्छ’, उनले भने, ‘सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन।’ रासस
Shares
प्रतिक्रिया