ad ad

राजनीति


हाम्रो प्रवृत्ति फेरिएन, सदनमा बसेर ठूलो कुरा नगरौं–ज्ञानेन्द्र शाही

हाम्रो प्रवृत्ति फेरिएन, सदनमा बसेर ठूलो कुरा नगरौं–ज्ञानेन्द्र शाही

फाइल।


नेपालखबर
माघ २२, २०७९ आइतबार १५:३४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले नवनिर्वाचित सांसदहरूले संसदमा ‘समय बर्बाद’ गरिरहेको टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै शाहीले जनताले भविष्यको सपनालाई ध्यानमा राखेर भोट हालेपनि आफूहरु भने संसदमा समय बर्बाद गरिरहेको उनले बताए। 

‘चुनावको समयमा हामीले भोट माग्दैगर्दा र जनताले भोट हाल्दै गर्दा आफ्ना सपना र भविष्यको सपनालाई ध्यानमा राखेर भोट हालेका हुन्,’ शाहीले सम्बोधनको क्रममा भने, ‘यो संसदमा आएर जसरी हामीले समय बर्बाद गरेका छौं यसका लागि हालेका होइनन्।’

प्रजातन्त्र आएको ७२ वर्षमा व्यक्ति फेरिए पनि व्यवस्था नफर्किएको भन्दै उनले असन्तुष्टि राखे। 

‘यो पिरियडमा झण्डै ४ वटा व्यवस्था फेरिए। यहाँ व्यक्ति फेरिए तर प्रवृत्ति उहि रह्यो,’ शाहीले भने, ‘हिजो भारत र बंगलादेशबाट  मजदुर आयात गर्छौं तर आज एक रोटी खान र एकसरो कपडा ढाक्नका लागि नेपालीहरु विदेश जानपर्ने परम्परा बसेको छ। अझै हामीले रोस्टम र सदनमा बसेर ठूला कुरा गर्न मिल्दैन।’

सत्ता र कुर्सिको लडाईंमा अहिले नेताहरू रमाएको उनले बताए। ‘सत्ता र कुर्सिको लडाईंमा हामी रुमलिरहेका छौं। हिजो विदेशीलाई खाद्यान्न सहयोग गर्ने देश आज टमाटर टिप्न विदेसिनुस परेको छ।ँ शाहीले भने्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .