राजनीति


सर्लाहीमा स्कुल बसको ठक्करबाट एक किशोरको मृत्यु

दुई किशोरी गम्भीर घाइते
सर्लाहीमा स्कुल बसको ठक्करबाट एक किशोरको मृत्यु

फाइल तस्बिर।


नेपालखबर
माघ २१, २०७९ शनिबार १६:१८, काठमाडौँ

सर्लाही सदरमुकाम मलंगवामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ।

दुर्घटनामा अन्य दुई किशोरी गम्भीर घाइते भएका छन्।

मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडकखण्डमा शनिबार बिहान ११ बजे ना १ क ४९५१ नम्बरको जेसिस अंग्रेजी आवसीय माध्यामिक विद्यालयको स्कुल बसले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनामा भएको हो।

दुर्घटनामा सर्लाहीकै कबिलासी नगरपालिका–९ घर भएका १८ वर्षीय दीपेन्द्र महतोको मृत्यु भएको हो। दुर्घटनालगत्तै उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याइएको थियो।

त्यहाँ पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा  मोटरसाइकलको पछाडि सवार कबिलासी–१० की १७ वर्षीया सबनम गुप्ता र १७ वर्षकै पूजाकुमारी महतो गम्भीर घाइते भएका छन्।

उनीहरूलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगञ्ज लगिएको प्रहरीले जनाएको छ।

ठक्कर दिने स्कुल बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .