ad ad

राजनीति


रास्वपा केन्द्रीय समिति र दलको बैठक एकसाथ बस्दै

रास्वपा केन्द्रीय समिति र दलको बैठक एकसाथ बस्दै

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०७९ बिहिबार १३:३०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा रहने-नरहने निर्णयका लागि बिहीबार दिउँसो ३ बजे बस्ने गरी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक डाकेको छ।

पार्टी प्रवक्ता एवम् महामन्त्री डा. मुकुल ढकालका अनुसार केन्द्रीय कार्यालय बसुन्धरामा दिउँसो ३ बजे संयुक्त बैठक बस्न लागेको हो। 

यो बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहने या बाहिरिने ठोस निर्णय हुने ढकालले बताए।

गत शुक्रबार सर्वोच्च अदालतको फैसलापछि रविले सांसद, गृहमन्त्री, पार्टी सभपति र संसदीय दलको नेताको पद एकसाथ गुमाएका थिए।

तर गैरसांसद भइसके पनि उनले फेरि प्रधानमन्त्री प्रचण्डसँग गृहमन्त्रालय मागिरहेका छन्। प्रचण्डले सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म गृह रविलाई नदिइ आफैं राख्ने अडान लिएका बेला रास्वपा बैठक बस्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .