नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले निःशुल्क सेयर किनबेच गर्न सिकाउने सफ्टवेयर सञ्चालनमा ल्याउने भएको छ।
नेप्सेले नयाँ लगानीकर्तालाई निःशुल्क सेयर किनबेच गराउन ‘सिम्युलेसन ट्रेडिङ’ सञ्चालनमा ल्याउनलागेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले नयाँ लगानीकर्तालाई मध्यनजर गर्दै निःशुल्क सेयर किनबेच गराउन सिम्युलेसन ट्रेडिङ’ सञ्चालनमा ल्याउनलागेको बताए।
उनका अनुसार यो पैसा लगानी नगरी कारोबार गर्न सिकाउने विधि सफ्टवेयर हो।
‘यो भनेको पैसा तिरेर गरिने सक्कली कारोबार होइन’, कार्कीले भने, ‘यो नयाँ लगानीकर्तालाई सिकाउन ल्याउन लागिएको एउटा प्रविधि हो।’
हाल अन्तर्राष्ट्रिय बजारमा यस किसिमको ट्रेडिङ हुने गरेको कार्कीले बताए।
नयाँ लगानीकर्ता सेयरबजारमा कतिसम्म ‘रिस्क’ हुन्छ भनेर यस विधिले सिकाउने कार्की भनाइ छ।
‘नयाँ लगानीकर्ताले निःशुल्क रुपमा यस विधिमार्फत सेयरबजारमा लगानी गर्न मद्दत पु¥याउने उद्देश्यले हो’, उनले भने, ‘नयाँ लगानीकर्ता यस विधि लगानी गर्न सिकेर दोस्रो बजारमा जोखिममा कम गर्न सक्नेछन्।’
यसलाई यो वर्षभित्र सञ्चालनमा ल्याइने कार्कीले बताए।
हाल सिधै बजार प्रवेश गरेर सेयर कारोबार सिक्नुपर्ने अवस्थालाई अन्त्य गर्न यो योजना ल्याइएको उनले बताए।
‘नयाँ लगानीकर्ता हल्लाको भरमा बजारमा प्रवेश गर्ने परिपाटी छ’, उनले भने, ‘कारोबार गर्न सिक्दा–सिक्दै लाखौँ रकम गुमाउनुपर्ने अवस्था छ।’
उनका अनुसार अब यो योजना सञ्चालनमा आएपछि कारोबारबारे ज्ञान भएपछि मात्रै बजार प्रवेश लगानीकर्तालाई सहज हुनेछ।
यो वर्षभित्र नेप्सेले सिम्युलेसन ट्रेडिङ सञ्चालनमा ल्याउने कार्कीले बताए।
प्रतिक्रिया