राजनीति


धुम्बाराहीमा कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

धुम्बाराहीमा कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

फाइल तस्बिर।


नेपालखबर
माघ १९, २०७९ बिहिबार ७:१३, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ। बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कार्यसमितिको बैठक बोलाइएको हो। 

राष्ट्रियसभा उपाध्यक्ष र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको राष्ट्रियसभाका लागि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले नेपालखबरलाई जानकारी दिए। 

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा गम्भीर छलफल गरेर मात्र आवश्यक निर्णय लिनेगरी बैठक बोलाइएको उनले बताए। 

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेसँगै कांग्रेसले त्यसबारे पनि छलफल तिव्र बनाएको छ। १० पुसमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति पद पाउनपर्ने बताउँदै आएको छ। 

यद्यपि सत्तारुढ गठबन्धनमा भने नेकपा एमालेले आफ्नो भागमा परेको भन्दै कांग्रेसलाई राष्ट्रपति नदिने बताएको छ। यसबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad