ad ad

राजनीति


परराष्ट्रनीति समीक्षाको तयारी, विज्ञहरुसँग परामर्श गरिँदै

परराष्ट्रनीति समीक्षाको तयारी, विज्ञहरुसँग परामर्श गरिँदै

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०७९ बुधबार १८:३७, काठमाडौँ

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले वर्तमान परराष्ट्र नीतिबारे विज्ञहरुसँग छलफल गर्ने भएकी छन्।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री विमला राई पौड्यालले यसबारे जानकारी दिएकी हुन्। परराष्ट्रनीति अपटेडका लागि यो कार्यक्रम गर्न लागिएको उनको भनाइ थियो। 

'हामीले पछिल्लो परराष्ट्रनीति जारी गरेको दुई वर्ष बितिसकेको छ। विश्वमा राजीनितमा आएका परिवर्तनलाई मध्यनजर गर्दै परराष्ट्रनीतिलाई अपडेट गर्नुपर्ने हुनसक्छ', मन्त्री पौड्यालले भनिन्, 'त्यसका लागि विज्ञहरुसँग परामर्श गर्ने सोच बनाएका छौँ।'

तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २०७७ मंसिरमा वर्तमान परराष्ट्रनीति जारी गरेका थिए। उक्त परराष्ट्रनीतिलाई वर्तमान विश्वभूराजनीतिक परिवर्तनलाई ध्यान दिँदै परिमार्जन गर्न उक्त परामर्श कार्यक्रमको तयारी गर्न लागिएको मन्त्री पौड्यालले बताइन्। 

त्यसैगरी मन्त्री पौड्यालले पहिलो औपचारिक भ्रमण श्रीलंकाबाट हुन लागेको पनि जानकारी दिइन्। पौड्याल भोलि (बिहीबार) त्यसतर्फ प्रस्थान गर्दैछिन्।  

पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्धनेसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंकाले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसै दिन मन्त्री पौड्यालले त्यहाँका राष्ट्रपति रनिल विक्रमासिंघेसँग भेटवार्ता गर्ने छिन्। 

उनले श्रीलंका भ्रमणका क्रममा सार्कबारे पनि साइडलाइन कुराकानी सम्भव भएसम्म गर्ने बताइन्। मन्त्री पौड्यालले आफूले पछिल्लो समय पोर्चुगलस्थित नेपालीहरुलाई पासपोर्टको समस्या परेकाले समाधानका लागि तत्काल मोबाइल टिम पठाउने तयारी गरेको बताइन्। 

'पोर्चुगलमा ५०,६० हजार नेपालीहरु हुनुहुन्छ, उहाँहरुलाई पासपोर्टको धेरै जरुरी भएको आएको छ, हामीले मोबाइल टिम एक महिनाका लागि पोर्चुगल पठाउने निर्णय गरेका छौँ', उनले भनिन्, 'त्यहाँको समस्या समाधान गर्ने सोचेका छौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .