ad ad

राजनीति


अमेरिकी उपविदेशमन्त्रीले भेटिन् एमाले अध्यक्ष ओलीलाई

अमेरिकी उपविदेशमन्त्रीले भेटिन् एमाले अध्यक्ष ओलीलाई

ओली र अमेरिकी उपविदेशन्त्रीबीच सिंहदरबारमा भएको भेटवार्ता। तस्बिर : राजन काफ्ले


नेपालखबर
माघ १६, २०७९ सोमबार १३:०, काठमाडौँ

नेपाल भ्रमणमा रहेकी कूटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युलान्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन्।

सोमबार एमालेको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा न्युल्यान्डले ओलीसँग संवाद गरेकी हुन्।

उनले सोमबारै बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अमेरिकालाई नेपालले प्राथमिकतामा राख्नुपर्ने बताएकी थिइन्। 

भेटका क्रममा नेपालस्थित अमेरिकी राजदूत डीआर थम्पसन पनि सहभागी थिए। यस्तै ओलीकोतर्फबाट उनको सचिवालयका सदस्यहरु पनि भेटवार्तामा सहभागी थिए। 

दुई पक्षबीच भएको यो भेटवार्तामा भएको कुराकानीको विस्तृत विवरण आइसकेको छैन। तर यो भेटमा पनि अमेरिकाले पछिल्लो विश्वराजनीतिक घटनाक्रमलाई लिएर न्युल्यान्डले नेपालको साथ खोजेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .