राजनीति


गंगालाललाई राष्ट्रिय गौरवको योजनाका रुपमा अघि बढाउन आवश्यक छ : प्रदीप पौडेल

गंगालाललाई राष्ट्रिय गौरवको योजनाका रुपमा अघि बढाउन आवश्यक छ : प्रदीप पौडेल

नेपालखबर
माघ १५, २०७९ आइतबार १२:८, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई राष्ट्रिय गौरवको योजनाका रुपमा अगाडि बढाउन आवश्यक रहेको बताएका छन्।    

केन्द्रको वार्षिकोत्सव समारोहमा बोल्दै उनले अनुसन्धान केन्द्रका रुपमा मुटु रोग उपचारको एउटा विशिष्ट अस्पतालको रुपमा विकास गर्न राष्ट्रिय गौरवको योजनाका रुपमा अगाडि बढाउन आवश्यक रहेका बताए।   

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उपस्थिति रहेको कार्यक्रममा पौडेलले केन्द्रलाई प्रतिष्ठान बनाउन अनिवार्य रहेकोमा पनि जोड दिए। 

‘यो देशको एउटामात्रै मुटु रोग उपचार केन्द्र हो। यो प्रदेश, पालिकाको अस्पताल होइन। यो संघीय हो। प्रतिष्ठान बनाउन अनिवार्य छ। यो देशको राष्ट्रिय आवश्यकता हो,’ उनले भने, ‘त्यसैले अनुसन्धान केन्द्रका रुपमा मुटु रोग उपचारको एउटा विशिष्ट अस्पतालको रुपमा, दक्षिण एशियाकै विशिष्ट अस्पतालका रुपमा यसलाई हामीले विकास गर्न जरुरी छ। यसलाई राष्ट्रिय गौरवको योजनाका रुपमा अगाडि बढाउन आवश्यक छ।’   

पौडेललाई प्रधानमन्त्रीसमक्ष केन्द्रलाई अनुसन्धान केन्द्र बनाउने कार्यक्रम छिटो अगाडि बढाउन पनि आग्रह गरे। ‘प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छौं, कार्यक्रम छिटो अगाडि बढाइदिनुस्,’ उनले भने, ‘जग्गा व्यवस्थापन यहीँभित्र हामीले गर्न सक्छौं। प्रसस्त सार्वजनिक जग्गाहरु छन्। यस्तो पवित्र कामका निम्ति हामीले ती ठाउँ प्रयोग गर्न सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .