ad ad

राजनीति


प्रधानमन्त्रीलाई राप्रपा महामन्त्रीको जवाफ– संघीयताविरुद्ध बोल्न मात्र होइन, यो खारेजै गर्न पाइन्छ

प्रधानमन्त्रीलाई राप्रपा महामन्त्रीको जवाफ– संघीयताविरुद्ध बोल्न मात्र होइन, यो खारेजै गर्न पाइन्छ

फाइल तस्बिर : प्रधानमन्त्री प्रचण्ड र राप्रपा महामन्त्री शरदराज पाठक


नेपालखबर
माघ ११, २०७९ बुधबार ७:५९, काठमाडौँ

संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण माग्ने बताएका प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले जवाफ दिएका छन्।  

प्रधान राप्रपाबाट प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेका हुन्। उनले एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिने क्रममा संघीय व्यवस्था खारेज हुनुपर्ने धारणा राखेका थिए।

उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री प्रचण्डले मंगलबार सार्वजनिक कार्यक्रममार्फत यो स्पष्टीकरणको विषय बन्ने बताएका थिए।

यसमा टिप्पणी गर्दै राप्रपाका महामन्त्री पाठकले संघीयताविरुद्ध बोल्न मात्र होइन, खारेज गर्न सदनमा विधेयक नै पेस गर्न सकिने बताएका हुन्। 

‘प्रधानमन्त्री प्रचण्डलाई संविधान स्मरण गराउनुपर्ने भयो। संविधानले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहीत  सार्वभौमसत्तालाई मात्र अपरिवर्तनीय मानेको छ’, महामन्त्री पाठकले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यीबाहेक अन्य कुनै पनि धाराविरुद्ध बोल्ने मात्र हैन, संसोधन वा खारेज गर्न सदनमा विधेयक नै पेस गर्न सकिन्छ।’

पाठक विवेकशील साझा पार्टीबाट तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रसँगै राप्रपामा प्रवेश गरेका नेता हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .