प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताविरोधी अभिव्यक्ति दिने कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने भएका छन्।
केही दिनअघि मन्त्री प्रधानले सार्वजनिक रुपमै संघीयताविरोधी अभिव्यक्ति दिएका थिए।
एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिने क्रममा पनि उनले संघीयता खारेज हुनुपर्ने धारणा राखेका थिए।
आफ्नै क्याबिनेटका मन्त्रीले संघीयताविरोधी अभिव्यक्ति दिएको कुरा प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको मंगलबारको बैठकमा खुलाएका थिए।
उनले मन्त्री प्रधानलाई स्पष्टीकरण सोध्ने बताएका थिए। प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरुले संघीयता र गणतन्त्रविरोधी अभिव्यक्ति दिन नपाउने बताएका हुन्।
भिडिओ
माघ १०, २०७९, मंगलबार
1.3k
Shares
प्रतिक्रिया