नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र स्वाविभान राष्ट्रिय पार्टीका संयोजक वामदेव गौतमबीच मंगलबर भेट भएको छ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोनगर पुगेर गौतमले नेपालसँग संवाद गरेका हुन्।
समाजवादी पछिल्लो समयमा विभिन्न दल र समूहसँग एकता प्रयासमा छ। उसले वामदेवलाई पनि पार्टीमा भित्र्याउन खोजिरहेको छ।
त्यसैगरी समाजवादीले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि एकताका लागि दुई चरण वार्ता गरिसकेको छ।
समाजवादीले एकताका लागि नेकपा माओवादी केन्द्रसँग पनि वार्ता गरिरहेको छ। तर अहिलेसम्म कुनै पनि दलसँग एकताले गति लिन सकेको छैन।
माघ १०, २०७९, मंगलबार
प्रतिक्रिया