ad ad

कारोबार


स्याङ्जामा फुटबल चल्दाचल्दै हेलिकप्टर अवतरण गराउने पाइलटलाई उडानमा रोक

स्याङ्जामा फुटबल चल्दाचल्दै हेलिकप्टर अवतरण गराउने पाइलटलाई उडानमा रोक

प्रभु हेलिकप्टर।


नेपालखबर
माघ १०, २०७९ मंगलबार १८:५, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका पाइलट रमेश डंगोललाई उडानमा रोक लगाएको छ। 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले फुटबल खेल भइरहेको मैदानमा एक्कासि हेलिकप्टर लगेर अवतरण गराएका पाइलट रमेश डंगोललाई उडानमा रोक लगाइएको जानकारी दिए। 

उनका अनुसार पाइलट डंगोल हाल बिरामी रहेका छन्। उनलाई प्राधिकरणले बोलाएर स्पष्टीकरण सोध्ने र आवश्यक कारबाही गर्ने तयारी भएको निरौलाले नेपालखबरसँग बताए।  

यही माघ ५ गते पाइलट डंगोलले स्याङ्जाको वालिङ ८ स्थित खेल भइरहेकै समयमा मैदानमा हेलिकप्टर अवतरण गराएका थिए। क्यामरुनी टोली र वालिङ रातोबीचको अन्तिम सेमिफाइनल हेर्ने दर्शक पनि खचाखच थिए। 

खेलको पहिलो हाफ चलिरहेका बेला हेलिकप्टर अवतरण भएको थियो।  ९ एन–एएलएक्स हेलिकप्टर अवतरण गर्दा खेलाडी र दर्शक लाखापाखा लाग्न बाध्य भएका थिए। वालिङ नगरपालिका(९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी र सुशील थापाले ४० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर्ड गरेर वालिङ ल्याएका थिए। 

सो क्रममा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। डंगोलले यात्रुको आग्रहमा बाध्य भएर खेल मैदानमै हेलिकोप्टर अवतरण गरेको जवाफ दिएका थिए। आक्रोशितहरुले पाइलटमाथि समेत आक्रमण गरेका थिए। उनीमाथि आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। 

स्याङ्जामा हेलिकप्टर पाइलट कुट्ने ६ जना पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .