ad ad

राजनीति


राष्ट्रपति निर्वाचनमा कांग्रेसले एमाले र माओवादीसँग पनि सहयोग माग्ने

राष्ट्रपति निर्वाचनमा कांग्रेसले एमाले र माओवादीसँग पनि सहयोग माग्ने

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०७९ सोमबार ११:४१, काठमाडौँ

नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा भएको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसहितको छलफल यस्तो निष्कर्ष निकालिएको हो। 

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरणम महतले कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने बताए। 

'पहिले त हामी चुनावमा लड्छौँ। अन्य दलहरुसँग पनि परामर्श गरेर अघि बढ्छौँ', उनले भने, 'नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार दिन्छ। उम्मेदवारबारे अहिले छलफल भइसकेको छैन।' 

महतले राष्ट्रपतिका लागि संसदमा भएका सबै दलहरुको समर्थन र सहयोग लिन खोज्ने प्रयास भइरहेको बताए। 

'प्रधानमन्त्रीको पार्टी (माओवमादी केन्द्र), नेकपा एमाले र अन्य दलसँग पनि सहयोग लिने प्रयास हुनेछ', उनले भने,  'हामी अहिले छलफलमा छौँ। राष्ट्रपति निर्वाचनमा अरु दलहरुसँग पनि सहयोग लिएर प्रस्तुत हुने हाम्रो निर्णय हो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .