ad ad

राजनीति


टुँडिखेलमा प्रचण्डले भने : अब तामाङका दुई छोराछोरीलाई मन्त्री बनाउँछु

टुँडिखेलमा प्रचण्डले भने : अब तामाङका दुई छोराछोरीलाई मन्त्री बनाउँछु

टुँडिखेलमा तामाङ समुदायलाई सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्ड। तस्बिर : रासस


नेपालखबर
माघ ८, २०७९ आइतबार १९:१२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले आइतवार सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा तामाङ समुदायलाई सम्बोधन गरे।

२८५९औँ राष्ट्रिय सोनाम ल्होसारको अवसरमा सम्बोधनका क्रममा उनले अबको केही दिनमै एक महिला र एक पुरुषसहित तामाङ समुदायका दुईजनलाई मन्त्री बनाउने घोषणा गरे।

तामाङ समुदायबाट कसैलाई मन्त्री नबनाएको भन्दै आयोजकसहित कार्यक्रमका बक्ताले असन्तुष्टि जनाएपछि प्रचण्डले उनीहरुलाई फकाउने कोसिस गरेका हुन्। 

'केही समयभित्रै म तामाङको छोराछोरीलाई पनि मन्त्री बनाउँछु। एकजना तामाङको छोरा र एकजना तामाङको छोरी छिट्टै मन्त्री हुनुहुन्छ', उनले भने, 'त्यसैले तपाईंहरु मन्त्री नभएको तनाव दिमागबाट हटाए घर जानुस्। त्यसको जिम्मा मलाई छाडिदिनु्स। तपाईंहरु ल्होसारको उत्सवमा रमाउनुस्, तनाव सबै मैले लिन्छु।'

प्रधानमन्त्री दाहालले नेपालमा सबै जातिको स्थान बराबर भएको भन्दै त्यसक्रममा नेपाल टेलिभिजनबाट माघ १५ गतेदेखि तामाङ भाषामा समाचार प्रसारण हुने पनि बताए। 

उनले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढिरहेको भन्दै दुःख जनाए। विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको दाबी उनले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .