राजनीति


सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ : चित्रबहादुर केसी

सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ : चित्रबहादुर केसी

नेपालखबर
माघ ७, २०७९ शनिबार १६:३६, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अहिले कम्फर्टेबल राष्ट्रपति बनाउन राजनीतिक दलहरूले दौडधुप गरिरहेको टिप्पणी गरेका छन्। 

शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

‘अबको राजनीतिक पार्टीभित्रको लडाईं राष्ट्रपतिको छ। सबैलाई कम्फर्टेबल राष्ट्रपति र सभामुख चाहिएको छ। राष्ट्रपति र सभामुखले दुधको दुध पानीको पानी अनुसार चलाउन सक्छ,’ केसीले भने।

संसदीय व्यवस्थाको बखान गर्नेहरुले नै प्रणाली नमान्ने भएपछि समस्या भएको केसीको भनाई छ। 

‘हामी संसदीय व्यवस्थाको बखान गर्न नथाक्ने तर त्यसको प्रणालीलाई नमानने भएपछि हामीले संसद राम्रोसँग चलाउन सक्दैनौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad