प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
शनिबारको प्रतिनिधि सभा बैठकमा दुवै पक्षका प्रस्तावक, समर्थक र सांसदहरुले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो।
उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना छिन् भने नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव रहेकी छिन्।
रानामगरको प्रश्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङदेन छन्। त्यस्तै यादवको प्रश्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला छन्।
105
Shares

प्रतिक्रिया