राजनीति


प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउनेछु : सभामुख घिमिरे

प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउनेछु : सभामुख घिमिरे

नेपालखबर
माघ ६, २०७९ शुक्रबार १४:३७, काठमाडौँ

प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका छन्।

शुक्रवार सभामुखको पद तथा गोपनीयताका शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसदलाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका हुन्। उनले संसदलाई अझ बढी क्रियाशील बनाउन पनि प्रयत्न गर्ने बताए। 

उनले संसदलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताए। 

सभामुख घिमिरेले भने, ‘नेपाली जनताको प्रतिनिधि संस्था संघीय संसद भनेको सर्वोच्च विधायिका संस्था हो। यो संस्थाको प्रयोग हामीले नयाँ संविधान बनाएपछि एक अवधि गर्यौँ। त्यसलाई नेपालीपनको हिसावबाट अझ बढी व्यवस्थित, अझ बढी क्रियाशील, अझैबढी मर्यादित बनाउनको लागि सबैको प्रयत्न हुनेछ। त्यसको नेतृत्व गर्ने मैले जिम्मेवारी पाएको छु, र यसलाई प्रभावकारी ढंगबाट संघीय संसदलाई अगाडि बढाउने कुराहरु गर्नुपर्छ।’

सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad