राजनीति


रास्वपाकी इन्दिरा राना मगरद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

रास्वपाकी इन्दिरा राना मगरद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १३:३२, काठमाडौँ

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगरले उपसभामुखको पदमा उम्मेदवारी दर्ता गराएकी छिन्। 

रास्वपाकी सांसद सोविता गौतम प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्र प्रसाद लिङ्देनको समर्थनमा मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर रानाले उम्मेदवारी दर्ता गराएकी हुन्।

राना मगर रास्वपाकी समानुपातिक सांसद हुन्। उपसभामुखमा यसअघि सोविता गौतमको चर्चा थियो। रास्वपालाई उपसभामुख दिने समझदारी बनेको थियो।

बिहीबार भएको निर्वाचनमा सभामुखमा भने देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad