राजनीति


ओलीको आरोप : अघिल्लो सरकारले छिमेकीसँग सम्बन्ध बिगार्यो, तनाव बढायो

ओलीको आरोप : अघिल्लो सरकारले छिमेकीसँग सम्बन्ध बिगार्यो, तनाव बढायो

एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १३:२८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले छिमेकी र अन्तर्राष्ट्रिय शक्तिहरुसँगको सम्बन्ध बिगारेको आरोप लगाएका छन्। 

कूटनीतिक क्षेत्रका विषयमा एमालेका नेता-कार्यकर्ताहरुलाई शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले यसो भनेका हुन्। 

'विगतको सरकारले छिमेकीसँग सम्बन्ध बिगार्यो बेढंगी रुपले चल्यो', एमाले परराष्ट्र मामिला विभागको आयोजनामा भएको कार्यक्रममा देउवा नेतृत्वको सरकारतिर लक्षित गर्दै उनले भने, 'त्यो सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्यो। अन्तर्राष्ट्रिय सशक्तिसँग दलाली गर्यो। छिमेक सम्बन्धलाई कृत्रिम ढंगले तनावपूर्ण बनाइयो।'

ओलीले नेपाल उच्च भूराजनीतिक जोखिमयुक्त ठाउँमा रहेकाले सचेत भएर अघि बढ्नुपर्ने बताए। 'हाम्रो भूराजनीति धेरै जोखिमपूर्ण छ', उनले भने, 'हामीले कूटनीतिक सम्बन्ध अघि बढाउँदा ख्याल गर्नुपर्छ। हामी सचेत भएर सम्बन्ध अघि बढाउँछौँ।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .