सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन्।
संसद सचिवालयका अनुसार बिहान ११ बजे राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले शपथग्रहण लिने कार्यक्रम तय भएको हो।
शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। सहिदको शालिकमा माल्यार्पण गरेर सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
हिजो (५ माघ) बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्।
21
Shares

प्रतिक्रिया