ad ad

राजनीति


उपसभामुखको उम्मेदवार छान्न रास्वपा संसदीय दलको बैठक बस्दै

उपसभामुखको उम्मेदवार छान्न रास्वपा संसदीय दलको बैठक बस्दै

सांसद सोबिता गौतम


नेपालखबर
माघ ६, २०७९ शुक्रबार ७:४५, काठमाडौँ

प्रतिनिधसभाको उपसभामुख पदमा उम्मेदवार तोक्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज संसदीय दलको बैठक राख्दै छ। 

बैठक आज (शुक्रबार) बिहान साढे ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। 

सत्ता साझेदार दलबीचको भागबन्डामा उपसभामुख रास्वपाको भागमा परेको हो। रास्वपाले सांसद सोबिता गौतमलाई उम्मेदवार बनाउने सम्भावना छ। 

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित गौतमले कानुनमा बीएलएलबी गरेकी छन्। 

उपसभामुखको चुनाव यही माघ ७ गते हुँदै छ। 

प्रतिनिधिसभाको सभाभुख भने हिजै चयन भइसकेको छ। सत्ता गठबन्धनका तर्फबाट एमाले सांसद देवराज घिमिरे सभामुखमा विजयी भएका हुन्।

बिहीबार आयोजित प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनमा घिमिरेका पक्षमा १ सय ६७ सांसदले मत दिएका हुन्। कांग्रेसबाट उम्मेदवार ईश्वरीदेवी न्यौपानेले भने सय मत मात्र प्राप्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .