ad ad

राजनीति


एक सय ४५ दिनपछि कारगिलमा इन्टरनेट चल्यो, कस्मिरको प्रतिबन्ध जारी

एक सय ४५ दिनपछि कारगिलमा इन्टरनेट चल्यो, कस्मिरको प्रतिबन्ध जारी

नेपालखबर
पुस १२, २०७६ शनिबार ६:२०,

शुक्रबारदेखि त्यहाँ इन्टरनेट चल्न सुरु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

यद्यपी कस्मिरमा रहेको इन्टरनेट प्रतिबन्ध भने कायम छ। जम्मु कस्मिरलाई दिएको विशेषाधिकार हटाएपछि त्यस क्षेत्रहरुमा इन्टरनेट प्रतिबन्ध गरिएको थियो।

गत अगष्ट ५ तारिखका दिन केन्द्र सरकारले संविधानको धारा ३७० हटाउँदै जम्मु कस्मिरलाई केन्द्र शासित बनाएको थियो। कस्मिर र लद्दाखलाई अलग प्रदेशको रुपमा स्थापित गरेको थियो।

अधिकारीहरुका अनुसार गएको चार महिनामा लद्दाखमा कुनै अप्रिय घटना नघटेकाले त्यहाँ इन्टरनेट सेवा उपलब्ध गराइएको हो।

कस्मिरमा इन्टरनेट सेवा बन्द रहेको विषय अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको छ। इन्टरनेट सेवा बन्द गरिनु अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको आवाजहरु उठिरहेका छन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .