राजनीति


इरान अमेरिकासँग कहिल्यै युद्ध चाहँदैन: राष्ट्रपति रुहानी

इरान अमेरिकासँग कहिल्यै युद्ध चाहँदैन: राष्ट्रपति रुहानी

नेपालखबर
असार ११, २०७६ बुधबार ८:१,

इरानी राष्ट्रपति हसन रुहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध नचाहेको बताएका छन्। उनले बुधबार सो धारणा राखेको इरानी सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रुहानीको अभिव्यक्ति आएको हो। पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको छ।

‘इरानलाई कसैसँग पनि तनाव बढाउने कुनै इच्छा छैन’ रुहानीलाई उद्धृत गर्दै इरानी सञ्चार माध्यमहरुले जनाएका छन्। यस क्षेत्रमा इरानका कारणले कुनै असहज अवस्था होस् भन्नेमा पनि इरान नरहेको उनको भनाइ रहेको छ।

‘हामी कसैसँग पनि युद्ध चाहँदैनौं हामी अमेरिकासँग पनि चाहँदैनौ’ रुहानीले भनेका छन्। उनले यस अभिव्यक्ति उनका फ्रान्सेली समकक्षीसँग पनि बुधबार फोनवार्तामा व्यक्त गरेको समाचारमा जनाइएको छ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँगको फोन वार्ताका क्रममा इरानी राष्ट्रपतिले यस्तो अभिव्यक्ति राखेकाे इरानी सरकारी समाचार समिति इर्नाले जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै विवाद भएको स्वीकार गरेका छन्। उनका अभिव्यक्तिहरुबाट यी दुई देशबीच ठूलो तनाव रहेको थाहा भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यम जनाउँछन् ।

इरानले हालैमात्र एक अमेरिकी ड्रोनमाथि हमला गरेर इरानी भूमिमा खसालिदिएको थियो । त्यसपछि अमेरिका र इरानको विवाद झन् बढ्दै गएको छ ।

आफ्नो देशको सीमानाको उल्लंघन गरी विना अनुमति आफ्नो भूमिमा प्रवेश गरेकोले हमला गरेर सो ड्रोन खसालिदिएको इरानले बताएको छ ।

तर इरानको यो भनाई सत्य नरहेको अमेरिकी दाबी छ । अमेरिकी ड्रोनले इरानको सीमाना ननाघेको अमेरिकाले बताउँदै आएको छ ।

पछिल्लो समयमा अमेरिकी ट्यांकरहरुमा इरानमा आक्रमण गरी जलाउने काम भएको छ । अज्ञात समूहहरुले अमेरिकी ट्यांकरहरुमा हमला गर्ने गरेका छन् । त्यस हिंसामा इरानको हात रहेको अमेरिकाले बताएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad