ad ad

राजनीति


देश विकासको अभिभारा बोकेर आएका छौँ : रञ्जिता श्रेष्ठ

देश विकासको अभिभारा बोकेर आएका छौँ : रञ्जिता श्रेष्ठ

नेपालखबर
माघ ५, २०७९ बिहिबार ७:२५, काठमाडौँ

कैलाली क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बनेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनताले देश विकास निर्माणको अभिभारा बोकाएर पठाएको बताएकी छिन्।

कैलाली टीकापुरमा सञ्चालन भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला टीकापुर महोत्सवको उद्घाटन गर्दै श्रेष्ठले पाँच वर्षसम्म प्रतिनिधिविहीन कैलाली क्षेत्र नं १ का जनताले देश निर्माणको अभिभारासहित नेतृत्व तहमा पुर्‍याएको बताएका हुन्।

‘हाम्रा लागि अबको पाँच वर्ष अवसर र चुनौती दुवैले घेरिएको छ। त्यो अवसर र चुनौतीलाई एकैसाथ टुङ्गोमा पुर्‍याउनुपर्नेछ,’ उनले भने, ‘जनताकामाझमा बाँडेका सपना पूरा गर्नुछ। दश वर्ष विकासमा पछाडि परेको टीकापुरलाई समृद्धिको बाटोमा डोर्‍याउने मेरो सङ्कल्प रहनेछ।’

उनले टीकापुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै त्यसका लागि आवश्यक अभावलाई पूरा गर्न प्रतिबद्ध रहने बताए। ‘कर्णाली नदी टीकापुरको गहना हो। टीकापुर पार्क हाम्रो सम्पत्ति हो। कर्णाली, मोहना, पथरैया नदीमा पाइने डल्फिन हाम्रा सम्भावना हुन्’, अध्यक्ष श्रेष्ठले भने, ‘ती सबै कुरालाई चलायमान बनाउनका लागि टीकापुर विमानस्थल सञ्चालनमा ल्याउनका लागि सङ्घीय सरकारसँग समन्वय र सहकार्य गर्नेछु। पाँच वर्षभित्र टीकापुरबाट हवाई सेवा सञ्चालन गर्ने मेरो प्रतिबद्धता भयो।’

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले विकासका काममा राजनीतिभन्दा समन्वय र सहकार्य आवश्यक रहने बताए।

उनले सबै दृष्टिकोणबाट टीकापुर सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई साकार पार्नका लागि सबैको एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन भएको उक्त महोत्सव माघ १५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा रु ७५ लाख बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ।

महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति, कृषि प्रदर्शनी, विज्ञान प्रदर्शनी, रमाइलो मेलालगायतका आकर्षण रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .