ad ad

कला


९ वर्षपछि फेरि सँगै अनमोल र आना

९ वर्षपछि फेरि सँगै अनमोल र आना

नेपालखबर
माघ ५, २०७९ बिहिबार ७:३२, काठमाडौँ

अभिनेत्री आना शर्मा र अभिनेता अनमोल केसीको जोडीबारे एकताका निकै चर्चा हुन्थ्यो। उनीहरूले ९ वर्षअघि फिल्म ‘जेरी’मा स्क्रिन सेयर गरेका थिए। त्यसताका उनीहरूको अफस्क्रिन जोडीका रुपमा पनि चर्चा भएको थियो। उनीहरू प्रेममा रहेको खबर सार्वजनिक भएको थियो।

तर लामो समय यी दुई सँगै देखिएनन्। यही बीचमा अनमोल सुपरस्टारका रुपमा उदाए। आनामा छायामै रहिन्। अब भने उनीहरू पुनः सँगै देखिने भएका छन्। ‘जेरी’ कै सिरिजमा अनमोल र आना सँगै देखिने भएका हुन्। 

९ वर्षपछि निर्माता सरोज न्यौपानेले फिल्मको सिरिज बनाउने भएका छन्। फिल्ममा अनमोल र आनाका साथमा पूर्णिमा सिंजापतिले पनि अभिनय गर्ने पक्का भएको छ। २ नायिका र १ नायकको त्रिकोणात्मक प्रेम कथामा फिल्म बनाउने तयारी निर्देशक हेमराज बीसीको छ। 

फिल्मको छायांकन लुक्ला, सगरमाथाको आधार शिविर, अमेरिका र अष्ट्रेलीयामा गर्ने तयारी निर्माताको रेको छ। सरोज न्यौपानेसँग फिल्म निर्माणमा रामकृष्ण श्रेष्ठले सहकार्य गर्ने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .