गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकार (सीडीओ) को सरुवा तथा पदस्थापनका लागि मापदण्ड तयार गरेको छ।
गृहमन्त्रालयले यसका लागि कार्यविधि तयार पारेर उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेले स्वीकृत गरेका छन्।
प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीका लागि मन्त्रालय, विभाग वा अन्तरगत कम्तीमा एक वर्ष काम गरेको हुनुपर्नेछ।
द्धितीय श्रेणीको अधिकृतलाई खटाउनु पर्ने अवस्थामा उक्त श्रेणीको पदमा कम्तिमा पाँच वर्षको प्रशासनिक क्षेत्रको अनुभव हुनुपर्ने, कानुनमा स्नातक तह उत्तीर्ण वा कम्तिमा तीन महिनाको न्याय तथा कानुन सम्बन्धी तालिम गरेको हुनुपर्नेछ।
दोस्रो श्रेणीको प्रमुख जिल्ला अधिकारीका लागि द्धितीय श्रेणीको प्रमुख जिल्ला अधिकारी वा इलाका प्रशासन कार्यालयको प्रमुख भई वा मन्त्रालय, विभाग वा अन्तरगत कम्तीमा एक वर्ष काम गरेको हुनु पर्ने, कानुनमा स्नातक वा तीन महिना कानुन सम्बन्धी तालिम गरेको हुनुपर्नेछ।
सरुवा तथा पदस्थापनमा प्रमुख जिल्ला अधिकारीका लागि कसलाई प्राथमिकता दिने भन्ने पनि कार्यविधिमा उल्लेख छ।
पहिलो पटक प्रमुख जिल्ला अधिकारी खटाउँदा मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा कार्यरत राजपत्रांकित प्रथम वा द्धितीय श्रेणीका अधिकृतमध्ये वरिष्ठ अधिकृतलाई प्राथमिकता दिने, काठमाडौं उपत्यकामा प्रमुख जिल्ला अधिकारी खटाउँदा ख र ग वर्गका जिल्लामा प्रमुख जिल्ला अधिकारी भई काम गरिसकेकाले प्राथमिकता पाउने कार्यविधिमा उल्लेछ छ।
गृह सचिवसँग भएको कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ठ हुने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि प्राथमिकता पाउनेछन्।
यस्तो छ कार्यविधि :
Shares

प्रतिक्रिया