ad ad

राजनीति


मसँग सभामुखमा जित्ने आधार छ, निर्वाचित हुन्छु : ईश्वरी न्यौपाने

मसँग सभामुखमा जित्ने आधार छ, निर्वाचित हुन्छु : ईश्वरी न्यौपाने

सभामुखमा उम्मेदवारी दिएकी कांग्रेस सांसद ईश्वरी न्यौपाने। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
माघ ४, २०७९ बुधबार १७:१, काठमाडौँ

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सभामुखकी उम्मेदवार ईश्वरी न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गरेकी छन्। 

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताइन्। 

उनले आफ्नो लागि जित्ने आधारहरु भनेकै प्रतिनिधि सभाका सदस्यहरु भएको बताइन्

न्यौपानेले निर्वाचन अघिसम्म आफू नेपाली कांग्रेसको नेता भए पनि सभामुख बनेपछि सबैको भएर काम गर्ने बताइन्।

उनले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसदप्रति न्याय गर्ने बताइन्। 

‘संसदलाई सभामुखको आवश्यक्ता पर्दछ। त्यो सभामुख निर्वाचनमार्फत हुन्छ। त्यही प्रक्रिया अनुसार मैले उम्मेदवारी दिएकी हुँ। निर्वाचनमा हारजित हुन्छ। निर्वाचनमा लड्दै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन। म यो निर्वाचनमा पक्कै जित्छु। मेरो जित्ने आधारहरु सांसदको मत हो', उनले भनिन्, 'निर्वाचनअघि म नेपाली कांग्रेसको नेता हो। सभामुखमा निर्वाचित भइसकेपछि सबैको सभामुख हो। मैले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसदप्रति न्याय गरेर सकेसम्म राम्रोसँग संसद चलाउँछु।’

उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन्। समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला छन्। 

उनलाई माधव नेपाल नेतृत्वको नकेपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .