राजनीति


सरकारले पूर्णता पाएपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सरकारले पूर्णता पाएपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा बसिरहेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
माघ ४, २०७९ बुधबार १५:५९, काठमाडौँ

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

पुस ११ गते गठन भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मंगलबार पूर्णता पाएपछि बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बसेको हो।

यो बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ। मंगलबार प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय भएको थियो।

खानेपानी, युवा खेलकुद र वन मन्त्रालयमा अझैसम्म मन्त्रीहरु गइसकेका छैनन्। 

खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको जनमत पार्टीले जिम्मेवारी लिइसकेको छैन। जनमतका अब्दुल खान शपथ लिएर मंगलबार कार्यभार सम्हाल्न गएनन्। 

अर्कातिर युवा तथा खेलकुद र वन खाली राखेको सत्ता गठबन्धनले जनता समाजवादी र नागरिक उन्मुक्ति आउने अपेक्षा गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad