ad ad

राजनीति


सभामुखमा मेरो जित निश्चित, विगतका कमजोरीबाट सिकेर काम गर्छु : देवराज घिमिरे

सभामुखमा मेरो जित निश्चित, विगतका कमजोरीबाट सिकेर काम गर्छु : देवराज घिमिरे

एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरे। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
माघ ४, २०७९ बुधबार १४:२७, काठमाडौँ

नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताएका छन्। 

बुधवार संसद सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधि सभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले विगतमा भएका कमजोरीबाट सिकेर आगामी दिनमा सभामुखको भूमिका निर्वाह गर्ने पनि बताए। 

उनले आफू नर्वाचित भइसकेपछि सांसदहरुलाई सहमतिका साथ अघि बढाउने बताए।

उनले सभामुख कुनै एक दलबाट नभइ सिंगो प्रतिनिधि सभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भूमिकामा कमी नदिने गरी कार्य सम्पादन गर्ने बताए।

‘म सभामुख हुनेकुरा निश्चित छ। त्यसलाई विगतका अनुभव र शिक्षाबाट सिकेर व्यवस्थित गर्दै अघि बढ्नुपर्छ । यो दलबाट विजयी बनेर होइन, सिंगो प्रतिनिधि सभाबाट विजयी भएर जाने हो', उनले भने, 'विजयी भएपछि सभामुखले खेल्ने भूमिकामा कमी नगरी काम गर्छु।'

उनको प्रस्तावकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान एवम् ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङदेन र नेकपा (माओवादी केन्द्र) का संसदीय दलका सचेतक हितराज पाण्डेले समर्थन गरेका छन्। 

प्रतिनिधि सभामा समामुखको निर्वाचन माग ५ गते (भोलि) हुँदैछ। एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ का प्रतिनिधि सभामा निर्वाचित भएका थिए। 

हाल एमाले प्रदेश १ को पार्टी इन्चार्जको भूमिकामा रहेका उनी २०५६ सालमै राष्ट्रिय सभाको सांसद भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .