राजनीति


राहदानीको सहज वितरण मेरो पहिलो प्राथमिकता : मन्त्री राई

सीमा विवादबारे बोल्न हतार नगर्ने
राहदानीको सहज वितरण मेरो पहिलो प्राथमिकता : मन्त्री राई

नेपालखबर
माघ ३, २०७९ मंगलबार १३:५१, काठमाडौँ

नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने बताएकी छन्।

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शपथग्रहणपछि पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन्। 

'मान्छेपिच्छे हाम्रो परराष्ट्र नीति परिवर्तन हुनु हुँदैन। यति धेरै विज्ञहरु यहाँ हुनुहुन्छ', उनले भनिन्, 'भइरहेका नीतिमा ग्याप छन् भने मिलाउँछौँ। हामी अन्तराष्ट्रिय क्षेत्रमा जसरी प्रस्तुत हुन्छौँ हाम्रो इमेज त्यही हो।'

उनले परराष्ट्र मन्त्रालयले नेपालमा जनतालाई सेवा पुर्‍याउने विषयमा आफ्नो प्राथमकिता रहेको उल्लेख गरिन्। 'अहिले हाम्रा लागि राहदानीको सहज वितरण नै ठूलो मुद्दा बनेको छ', उनले भनिन्, 'जनताको सेवालाई सहज बनाउने पहिलो प्राथमिकता मेरो हो।'

उनले सीमा विवादबारे अहिले बोल्नु हतार हुने बताए। 'अहिले नै मैले यही गर्छु भन्न सक्दिनँ', उनले भनिन्, 'नेपालको राष्ट्रिय चासोलाई सम्बोधन गर्छु, यसमा म प्रष्ट छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad