राजनीति


राप्रपालाई तीन मन्त्रालय, राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री

राप्रपालाई तीन मन्त्रालय, राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
माघ २, २०७९ सोमबार २३:३७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय लिएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

राप्रपाले ऊर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने समझदारी बनेको छ।

सोमबार बसेको सत्ता साझेदार दलको बैठकमा उक्त सहमति जुटेको हो।

मंगलबार दिउँसो मन्त्रीहरूको शपथ कार्यक्रम राखिएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनकै नेतृत्वमा सरकारमा सहभागी हुनेछ। लिङ्देन ऊर्जा मन्त्रालय लिएर उपप्रधानमन्त्री हुनेछन्।

त्यसबाहेक ध्रुबबहादुर प्रधान, विक्रम थापा र धवलशमशेर राणामध्ये मन्त्री बन्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .