प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता जारी छ। बिहान साढे ९ बजेदेखि ओली निवास बालकोटमा जारी वार्ता अहिलेपनि चलिरहेको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीहरु २ जनाबीच मात्रै छलफल चलिरहेको छ। मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुखको निर्वाचन र प्रदेश सरकारहरुका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले हिजो (आइतबार) साँझसम्ममानै मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए। यद्यपि पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएसँगै प्रचण्डका सबै औपचारिक कार्यक्रमहरु रद्द भएका थिए।
त्यसपछि आज बिहानबाटै प्रचण्ड छलफलमा जुटेका छन्।
375
Shares

प्रतिक्रिया