राजनीति


प्रधानमन्त्रीलाई भेटेर चिनियाँ राजदूतले भने- नेपालको समृद्धिमा सधैं साथ रहन्छौं

प्रधानमन्त्रीलाई भेटेर चिनियाँ राजदूतले भने- नेपालको समृद्धिमा सधैं साथ रहन्छौं

नेपालखबर
माघ २, २०७९ सोमबार १०:१७, काठमाडौँ

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको सचिवालयले जानकारी दिएको छ। 

चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीज्युलाई बधाई, नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताएका छन्। 

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वका लागि राजदूतमार्फत धन्यवाद ज्ञापन गरेका छन्। प्रचण्डले रास्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन्। 

राजदुत छ्नले शुक्रबार ओहदाको प्रमाणपत्र रास्ट्रपतिसमक्ष पेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .