राजनीति


नेपालको राजनीति तीनजना भूतपूर्व प्रधानमन्त्रीको अखडा बन्यो : गगन थापा

नेपालको राजनीति तीनजना भूतपूर्व प्रधानमन्त्रीको अखडा बन्यो : गगन थापा

फाइल तस्बिर।


नेपालखबर
पुस ३०, २०७९ शनिबार १७:३८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै थापाले सो टिप्पणी गरेका हु्न। 

‘नेपालको राजनीति ३ जना भूतपूर्व प्रधानमन्त्रीको अखडाजस्तो भयो। कुन चाहीँ भूतपूर्व प्रधानमन्त्रीले कुनलाई झुक्काउनुभयो। आइतबार फलानोले झुक्काउनुभएको थियो,’ थापाले कार्यक्रममा भने, ‘सोमबार फलानोले ठहरै पार्यो। कुनचाहीँ भूतपूर्वले कुनचाहीँ भूतपूर्वलाई झुक्काइरहेको छ? भनेर तपाईंहरुको मनमा परेको छ।’

अस्ति प्रधानमन्त्री प्रचण्डले किन भोट हाल्या? भन्ने प्रश्न पनि रहेको भन्दै थापाले भने, ‘भोट किन हाल्या होला? कसको मनमा छैन? ३ जना भूतपूर्व प्रधानमन्त्रीहरु कसले कसलाई छक्याउने र ढाल्ने क्लबजस्तो भएको छ।’

उनले गत मंसिरको निर्वाचिनदेखि यहाँसम्म आइपुग्दा एउटा भूतपूर्व प्रधानमन्त्रीले अर्कोलाई झुक्याउने खेल मात्र भएको जिकिर गरे। ‘मंसिर ४ देखि यहाँसम्म आइपुग्दा कुन प्रधानमन्त्रीले कुनलाई फल हाल्यो भन्दा बाहेक केही सुन्न पाइएको छैन।’ थापाले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad