नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका वामपन्थी नेता घनश्याम भुसाल केन्द्रीय सचिवालय सदस्यमाा मनोनित भएका छन्।
शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको महासचिव डा. बेदुराम भुसालले बताएका छन्।
भुसाललाई आजै भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक राखेर अनुमोदन गरेको पनि उनले बताए। भुसाल गत शुक्रबार मात्रै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।
माधवकुमार नेपालले एमाले विभाजन गरेको डेढ वर्षपछी भुसाल समाजवादीमा प्रवेश गर्न लागेका हुन्।
नेकपा एमालेमा रहँदा भुसाल माधव नेपाल समूहमै थिए। २०७८ असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाललाई मिलाउन बनाइएको १० बुँदे सहमतिपत्रका एकजना मस्यौदाकार भुसाल पनि थिए।
तर, नेपालले २०७८ साउनमा एमाले विभाजन गर्दा उनले माधव नेपाललाई साथ दिएका थिएनन्।
गत मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि उनी पार्टी छाडेर स्वतन्त्र रुपमा रुपन्देही १ मा उठेका थिए।

Shares

प्रतिक्रिया