प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार डायलासिस गरिएको छ।
डायलासिसका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए।
उनको अहिले पनि डायासिस जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनले भने, ‘अहिले पनि प्रधानमन्त्रीको डायलासिस प्रक्रिया जारी छ।’
डायलासिसपछि प्रधानमन्त्री ओली बालुवाटार पर्कने र आजै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
१२ वर्षअघि भारतको मेदान्त अस्पतालमा मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको पहिलोपटक कात्तिक १३ र १४ गते गरेर दुई पटक डायलासिस गरिएको थियो। त्यसयता उनको हप्तामा तीन पटकसम्म डायालासिस गरिँदै आएको छ।
मंसिर ९ गते अपेन्डिसाइटिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई एकसाता अस्पताल राखेर उपचार गरिएको थियो।
Shares
प्रतिक्रिया