राजनीति


डायरीमा मन्त्रीको नाम बोकेर बालुवाटारमा ओली

डायरीमा मन्त्रीको नाम बोकेर बालुवाटारमा ओली

बालुवाटारमा छलफल गर्दै केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्ड। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
पुस २८, २०७९ बिहिबार १६:५१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नोतर्फबट मन्त्री हुनेहरुको सूची बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा बसेका छन्।

मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री प्रचण्डसँग नामवालीको अन्तिम टुंगो गर्न ओली बिहीबार दिउँसो बालुवाटार पुगेका हुन्। 

बिहीबार दिउँसो ३ बजेका लागि तय भएको सत्ता साझेदार दलको बैठकअघि आफ्नो पार्टीकोतर्फबाट प्रचण्ड नेतृत्वको सरकारमा पठाउने नाम र मन्त्रालय टुंगो लगाउन ओली वान टु वान बसेका हुन्।

बिहीबार मात्रै प्रधानमन्त्री प्रचण्ड गोरखाबाट फर्किएर ओलीलाई भेट्न बालकोट पुगेका थिए। त्यहाँ पनि दुई नेताबीच मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल भएको थियो।

गत पुस ११ गते एमालेको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित चारजनाले शपथ लिएका थिए। जसमा राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी अझै पनि मन्त्रालयविहीन अवस्थामा छन्। 

आजको बालुवाटार वार्तामा विनाविभागीयहरुको मन्त्रालय टुंगो लगाउने र बाँकी १७ वटा मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर मन्त्रिपरिषद् विस्तारको तयारीमा दुई नेता छन्। 

स्रोतका अनुसार ओलीले आफ्नो डायरीमा संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरुको नाम तय गरेका छन। 

यी दुई नेताबीचको छलफलपछि सत्ता साझेदार दलको बैठक बस्न सक्नेछ। त्यो बैठकमा अन्य दलका मन्त्रीहरुको पनि नामको टुंगो लगाउने तयारी छ। तर बैठक बस्ने निश्चित छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad